प्रधानमन्त्री दाहालले पाए विश्वासको मत


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उनले विश्वासको मत लिएका हुन् । २६८ जना सांसदहरू रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गरेकाे सभामुख देवराज घिमिरेले घोषणा गरे ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रस्तावकाे विपक्षमा ११० मत र दिन्न भन्ने पक्षमा एक मत रहेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावकाे पक्षमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरू रहेका थिए ।