नेपालका ३९ प्रतिशत परिवार बैंकिङ पहुँच बाहिर


काठमाडौँ । नेपालमा ३९ प्रतिशत परिवार बैंकिङ पहुँच बाहिर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालय सार्वजनिक गरेको बैंक तथा वित्तीय निकायमा परिवार र परिवार सदस्यको पहुँच सम्बन्धी जनगणना २०७८ मा गरिएको विवरण अनुसार ३९ प्रतिशत परिवारमा कुनै पनि सदस्यको कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएको पाइएको हो ।

नेपालका कुल परिवार (संस्थागत परिवार बाहेक) संख्यामध्ये ६१.४ प्रतिशत परिवारममा कम्ती एक जना सदस्यको नाममा बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ । त्यस बाहेक ३९ प्रतिशत परिवारमा कुनै पनि सदस्यको खाता बैंक तथा वित्तीय संस्थामा नरहेको देखिएको हो ।

नेपालमा कुल जनसंख्याको २५.६ प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थामा खातामा रहेको छ भने ७४.४ प्रतिशत जनसंख्याको कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नरहेको देखिएको हो ।

त्यस्तै, कुल पुरुषको संख्यामध्ये २६.४ प्रतिशत र कुल महिलाको संख्या मध्ये २४.७ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।