काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अनिवार्य रहेको बताएका छन् । ‘ग्लोबल मनि विक २०२४’ को उद्घाटन गर्दैै गर्भनर अधिकारीले विभिन्न नीति कार्यान्वयनमा ल्याउनको लागि वित्तीय चेतना हुनको लागि साक्षरता हुनु पर्ने बताएका हुन् ।
उनले वित्तीय जागरण, वित्तीय सचेतना अनिवार्य रहेको बताएका छन् । उनले वित्तीय साक्षरतालाई विद्यालयको पाठ्यक्रममा राख्नको लागि प्रयास भइरहेको बताए ।
ग्लोबल मनि विक २०२४ को यस वर्षको नारा ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ रहेको छ । गर्भनर अधिकारीले ग्लोबल मनि विक २०२४ दुर्गम क्षेत्रमा पनि लैजाने उल्लेख गरे ।
उनले विद्यार्थीहरुलाई बचत कमाएर मात्र नभइ खाजा खर्च बचाएर पनि बचत गर्न सकिने बताए ।
उनले भने, “बचत भोली कमाएर मात्र हुँदैन । खाजा खर्च बचाएर बचत गर्यो भने भविष्यमा राम्रो हुन्छ । बचत अनिवार्य हो । बचत नभए भविष्य सुरक्षित हुँदैन ।”
प्रतिक्रिया दिनुहोस्