सुनको मल्यमा उछाल, एकैदिन २६ सयले बढेर नयाँ रेकर्ड कायम


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उछाल आएको छ । बिहीबार बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको छ ।

योसँगै आज छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २७ हजार२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै सर्वाधिक हो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ, तेजावी सुन १ लाख २४ हजार रुपैयाँमा कारोबार भएकोमा एकैदिनमा २.०७ प्रतिशतले वृद्धि भएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज ३५ रुपैयाँले बढेर १५ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च रहेको महासंघको भनाई छ ।