आगामी पाँच वर्षमा रु. ५ खर्ब बराबरको सफ्टवयेर निर्यात गर्न सकिन्छ : अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न प्रविधि क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा आज बोल्दै अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्ट्वेयरहरू निर्यात भएको र आइटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाएका हुन् ।

युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरू ल्याउने अर्थमन्त्री पुनको भनाई छ ।

अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको र यसै अनुसार सरकारले युवालाई आइटीमा लगानी गर्ने योजना रहेको सुनाए ।

अर्थमन्त्री पुनले भने,“ गत आर्थिक वर्ष ७६ अर्ब बराबरको सप्फट्येयरहरू निर्यात भएको छ । अहिले असाध्यै नयाँ क्षेत्र आएको छ । यो पनि आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरिएको छ । आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ ।”

अर्थमन्त्री पुनले हरेक वर्ष १० हजार भन्दा बढी नेपाली युवाहरू आइटीमा काम गरिरहेको तथ्याङ् उल्लेख गरे ।

आइटी क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रुपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले उनको भनाई थियो ।

अर्थमन्त्री पुनले युवा विदेश पलायनको डरलाग्दो अवस्था देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रुपमा निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको उल्लेख गरे ।

उनले कृषि,ऊर्जा,आइटी क्षेत्र, शिक्षा र स्वास्थ्य न्युनतम दायित्वको रुपमा राज्यले प्राथमिकता दिएर समय अनुकुल सुधार गर्ने प्रतिबद्धता जनाए ।