नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोल पम्प २४ घण्टा खुल्ने


काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।

तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।