कनकाई नगरपालिकामा डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्य सुरु


काठमाडौँ । झापाको कनकाइ नगरपालिकामा डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्य सुरु गरेको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नेपालमै पहिलो पटक पालिकास्तरमा शुभारम्भ गरिएको जनाइएको छ ।

परिक्षणको क्रममा रहेको कता हो नामक एप मार्फत तयार गर्न सकिने तथा एलमुनियम पातामा मेशिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, २ शब्द र अंकको कताहो कोड, स्थानीयको नाम तथास्थानीय तहको नाम र वडा रहने छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत प्लेटमा रहेको उल्लेख गरिएको छ ।

प्लेटमा क्यू आर कोड मार्फत घरधनीको मोबाइल घण्टी बजाउने सुविधा रहेको एड्रेसग्राफ नेपाल प्रा.लि. ले जनाएको छ ।

कम्पनीका अनुसार यस प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्ने सकिने छ ।