काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा सुनको मूल्य ओरालो लागेको छ । सुन व्यवसायी संघले दिएको जानकारी अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेर तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २५ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ सोमबार तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको १५०५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्