तोलाको एक लाख ३० हजार पुग्यो सुनको मूल्य


काठमाडौँ । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार तोलाको एक लाख ३० हजार रुपैयाँमा कारोबार हुँदै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । बिहिबार छापावाला सुन तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ बढेर तोलाको १ हजार ५ सय २५ पुगेको छ । बिहिबार चाँदी तोलाको १५१० रुपैयाँ कारोबार भएको थियो ।