नेप्सेमा १७ अंकको गिरावट, सर्वोत्तम सिमेन्टको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक १७.३० अंकले घटेर २०१८.३३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउृटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार दिन सर्वोत्तम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मयाखोला हाइडोपावर लिमिटेडका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कुल ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।