प्रभु महालक्ष्मी लाइफ इटहरी शाखाको लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ लिमिटेड इटहरी शाखाले आज एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता बिकास तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम उपक्षेत्रीय कार्यलय ईटहरीमा सम्पन्न गरेको हो ।

कार्यक्रममा शाखामा आवद्ध रहि काम गर्ने अभिकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । शाखामा आवद्ध रहि कम्पनीले तोकेको ब्यवसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्तालाई ब्यवसाय वृद्धि गर्न के कस्ता रणनीति आवश्यक पर्छ भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो ।

कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना,जीवन बिमाका आधारभुत सिद्धान्त ,जीवन बिमा अभिकर्ताले पालना गर्नुपर्ने विधि,काम कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमाङ्कन गर्ने प्रक्रिया र शर्तहरु,कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कला लगायतका जीवन बिमा सम्बन्धी बिबिध बिषयमा उप क्षेत्रीय प्रमुख जगत नाथ फुयल ले सहभागी अभिकर्ता लाई प्रशिक्षण दिएका थिए ।

त्यस्तै शाखाले विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता लाई सम्मान समेत गरेको थियो ।अन्तमा अभिकर्तालाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कुरा व्यक्त गर्दै शाखा प्रमुख सुरेन्द्र चुडाल कार्यक्रमको समापन गरेका थिए ।