८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ नाफा कमाए


काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालू आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढि नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकले कमाएको छ । नबिल बैंकले खुद नाफा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ भने नेपाल एसबिआई बैंकले एक अर्ब ८० लाख रुपैयाँमात्र नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ, प्राइम कर्मशियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, एन आई शी एसिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ, स्ट्याण्र्डड चार्टड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ र माछापुच्छ«े बैंकले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।