तोलामा २०० रुपैयाँ सस्तियो सुन


काठमाडौँ । आज बिहिबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ सस्तिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ सस्तिएर तोलाको एक लाख ३६ हजार ६०० रुपैयाँमा काारेबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघको विवरण अनुसार आज चाँदी मूल्य भने स्थिर रहेको छ । बुधबार तोलाको १७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।