सेतो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै (फोटोफिचर)


काठमाडौँ । सोतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमल तीनधारामा रथ बनाउने कार्य सुरू गरिएको छ । रथ निर्माणको कार्य गत चैत्र २७ गतेबाट सुरू गरिएकाे हो ।

आउँदो वैशाख ४ गते मंगलवार देखि सुरू हुने यस वर्षको सेतो मच्छिन्द्रनाथको जात्राका लागि, काठमाडौँको जमल तीनधारा पाठशाला सडक छेउमा ३२ हात लामो रथ बनाउने क्रम जारी रहेकाे छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।