सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरावलोकन गर्नुपर्छः सांसद साह


काठमाडाैँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गरेकी छिन्र्नुर ।

रोग लाग्नै नदिने कुरामा जोड दिनेगरी सरकारले नीति पुरावलोकन गर्नुपर्ने उनकाे तर्क थियो । शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा भाग लिँदै सांसद साहले नेपाल जस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकले नागरिकलाई रोग लाग्नै नदिने गरी स्वास्थ्य नीति लिन आवश्यक रहेको बताएकी हुन् ।

नागरिकलाई रोग लाग्न नदिन सरकारले स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो । सांसद साहले रोगको छिटो पहिचान र निदानका लागि आवश्यक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको काममा पनि सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

सांसद साहले स्वच्छ खानेपानी लगायतको उचित व्यवस्था गरेर पनि सरकारले नागरिकलाई स्वस्थ्य राख्ने काम गर्नुपर्ने बताइन्।