सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरू (फोटो फिचर)


काठमाडौँ । सेतो मच्छिन्द्रनाथ रथयात्रा आज (मंगलबार) देखि सुरू भएको छ। वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको हो।

चैत्र शुक्ल अष्टमीको दिन (आज) देखि सुरू हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार पारी यात्रा सुरू गरिएको हो।

रथयात्राको पहिलो दिन रथलाई तीनधारा पाठशालाबाट भोटाहिटी हुँदै असनमा पुर्‍याइन्छ। दोस्रो दिन रथ हनुमानढोका र तेस्रो अर्थात् रथयात्राको अन्तिम दिन हनुमानढोकाबाट रथलाई लगनटोल पुर्‍याएर जात्रा सम्पन्न गरिन्छ।

आजअपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। यस्तै आजै जमल, रत्नपार्क, भोटाहिटीहुँदै असनसम्म रथयात्रा भएको छ।