काठमाडौँका यी क्षेत्रमा आजदेखि बिजुली जाने


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने जनाएको छ ।

विद्युत् प्राधिकरणले मंगलबार सूचना जारी गर्दै आजबाट वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ ।प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टरलाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्‍याङ, ठुलो भर्‍याङ, कामना स्कुल, अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।