उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृ संगठनको रूपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन । पर्यटन व्यवसाय सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

त्यस्तै महासचिवमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन । शिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन ।

६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघहरूमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेका छन् ।

नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।