नेसनल पेमेन्ट गेटवे प्रकरण: सचिव मरासिनीले पाए सफाइ, पौडेल भ्रष्टाचारी ठहर

नेसनल पेमेन्ट गेटवे प्रकरण


काठमाडौँ । नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सचिव मरासिनीलाई सहित ८ जनाले सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मरासिनी सहित ८ जनालाई आज सफाइ दिएको हो ।

त्यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।