विकल पौडेलविरुद्ध भ्रष्टचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकाको पीआर लिइसकेपछि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकाले उनीमाथि आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।