हिमालयन बैंकको सीईओमा पुनः नियुक्त भए राणा


काठमाडौँ। हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ)मा अशोक शम्शेर राणा दोहोरिएका छन् ।

बैंकको २०८० चैत २७ गते बसेको ४५३ औं सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि दोस्रो कार्यकालका लागि सीईओमा दोहोर्‍याउने निर्णय गरेको हो ।