सिरियामा कच्चा तेलको पाइपलाइनमा आगलागी


सिरियाको होम्सको पूर्वी गाउँमा रहेको कच्चा तेलको पाइपलाइनमा आगलागी भएको छ । फरकलास क्षेत्रको पूर्वमा चौथो स्टेशनबाट शुरु भएको आगलागी होम्स तेल प्रशोधन केन्द्रतर्फ अघि बढेको थियो ।

स्थानीय अधिकारीहरूले तत्काल रोकथाम उपायहरू अपनाएका छन् । होम्स फायर ब्रिगेडका कमाण्डर मेजर इयाद मोहम्मदले चुहावटको तेललाई नियन्त्रण गर्नका लागि विभिन्न उपायहरू प्रयोग गरिएको र ठूलो मात्रामा कच्चा तेल बगेकोले लामो समयसम्म आगो निभाउने कार्य भइरहेको बताए ।

घटनास्थलमा आगो निभाउनका लागि दर्जनौं दमकल र भारी मेसिनरी सहयोगका लागि पठाइएको जनाइएकाे छ ।