काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । दुईदिने नेपाल भ्रमणमा आएका उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए ।
त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।
राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् ।
प्रतिक्रिया दिनुहोस्