हाँडीगाउँमा गहना खोज्ने जात्रा (फोटो फिचर)

फाेटाे


काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। चैते दशैंको दिनदेखि १५ दिनसम्म चलेको जात्रा आज(बुधबार) सम्पन्न भएको हो। जात्रा सबैभन्दा ऐतिहासिक, पुरानो र पौराणिक भएको बताइन्छ।

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।

टुँडालदेवी गहना पोखरीमा नुहाउने क्रममा उनको गहना हराएको थियो। त्यो समयमा हराएको गहना हरेक वर्ष जात्रा गरेर खोज्ने गरिन्छ।