तोलामा २०० रुपैयाँ घट्यो सुन


काठमाडौँ । आज बिहिवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधवार तोलाको १६७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलाको १६५५मा कारोबार भइरहेको छ । बिहिबार चाँदी तोलामा १५ रुपैयाँ घटेको हो ।