करिब डेढ केजी सुन र एक करोडभन्दा बढी नगदसहित काठमाडौँबाट ७ जना पक्राउ


काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । विषेश सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरेको जनाएको छ ।

घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।