नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई कारबाही भयो ?: सांसद सापकोटा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरुलाई कारबाही भए÷नभएको बारे सरकारको जवाफ माग गरेका छन् ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा उनले यो वर्ष काम नै नगरेका कम्पनीहरु कति छन् ? भन्दै प्रश्न गरेका थिए । सांसद सापकोटाले कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले सडकको अवस्थाका बारेमा सबै विज्ञ रहेको भन्दै निर्माण नगर्ने कम्पनीहरुलाई कारबाही गर्न आग्रह गरेका छन् । बजेट नभएका कारण काम नभएको भन्ने नभइ बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता रहेको उनले बताए । सांसद सापकोटाले तदर्थका लागि काम कारबाही गर्ने कुराले कहीँ नपुगिने उल्लेख गरे।