सुनको मूल्य स्थिर


काठमाडौँ । आज साताको पहिलो कारोबारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रबार तोलाको एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार स्थिर रही सोही मूल्यमानै कारोबार भइरहेको छ ।

आत्यबार तेजावी सुनको मूल्य तोलाको एक लाख ३४ हजार ७५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १६४० रुपैयाँ कोरोबार मूल्य तोकिएको छ ।