नेपालीको औषत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत


काठमाडाैँ । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसारनेपालमा २ करोड ९१\९२ लाखको हाराहारीमा जनसंख्या छ । जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल रहेको छ । कार्यालयका अनुसार याे नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको छ ।

नेपालको वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा हाल २ करोड ९१ \९२ लाखको हाराहारीमा जनसंख्या छ । ०.९२ को दरले वार्षिक रुपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रुपमा एक प्रतिशत भन्दा तल छ । करिव ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलो पटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ ।

नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वागमती अन्तिममा पर्छ ।

एक वर्षमा नेपालमा शिशुहरुको कोरा जन्मदर १४.२ प्रतिशत

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसारएक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ । जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५—४९) वर्षका महिलाहरूले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरू जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरुको जन्म वागमती प्रदेशमा भएको छ । छोरीहरूको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताउनु भयो । प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।

कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी प्रदेशमा, सबैभन्दा कम कर्णालीमा
प्रतिएक हजारमा कति व्यक्तिहरूको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोशी र वागमती प्रदेश रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो । लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । १ हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ । जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा ९छोरा र छोरी० मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ ।

नेपालीको औषत आयु ७१.३ वर्ष
अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिव करिव ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२।५ वर्ष मानिसहरु बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।