सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने


काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।

सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् ।

त्यस्तै बैठकले प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।