काठमाडौं । काठमाडौंको दरबारमार्गबाट स्रोत नखुलेको झण्डै १ करोड रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्