नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सरोकारवालासँग सुझाव


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट रायरसुझाव माग गरेको छ ।

बोर्डले पुँजीबजार सम्बन्धी नीति, कार्यक्रम तथा प्राथमिकतालाई समेत दृष्टिगत गरी जनअपेक्षाअनुरुपको कार्यान्वयन योग्य नीति तथा कार्यक्रम ल्याउनको लागि सरोकारवालासँग सुझाव माग गरेको हो ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार का लागि आवश्यक बजार पूर्वाधारको व्यवस्था, बजार तथा नियमनको पहुँच अभिबृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्री बजारको स्तरोन्नति, बजार विकास तथा विस्तारका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् ।

जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिने छ।

Skip This