शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशतले बढ्यो


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफामा वृद्धि भएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष समिक्षा अवधिमा कम्पनीको खुद नाफा २० करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने दावी भुक्तानी ५७ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष समिक्षा अवधिमा १ अर्ब ८ करोड बिमाशुल्क आम्दानी गरेको कम्पनीले यस वर्ष समिक्षा अवधिमा भने ९३ करोड रुपैयाँ मात्रै बिमाशुल्क आर्जन गरेको छ । जुन १६ं६ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषको आकार १३ करोड ५१ लाख रहेको छ ।

क्रम्पनीको रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँबराबर रहेको छ । चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १९.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ रहेको छ ।