तोलामा ५०० रुपैयाँ बढ्यो सुन, यस्तो छ आजको कारोबार


काठमाडौँ । आज आइतबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेर प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा का रोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३७ हजार ७५० रुपैयाँ आजको मुल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ। महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १० रुपैयाँ घटेर तोलाको १७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This