बैंक तथा वित्तीय संस्थाहरुमा ४ खर्ब ९ अर्ब रुपैयाँले बढ्याे निक्षेप


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ४ खर्ब ९ अर्ब ४ करोड रूपैयाँले बढेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा ३५५ अर्ब ८९ करोड पुगेको थियो । याे निक्षेप ७.२ प्रतिशतले बढेको हाे ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ प्रतिशतले बढेर ३ खर्ब ५५ अर्ब ८९ करोड रूपैयाँ पुगेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।

तथ्यांकअनुसार चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्तीमा ५.२ प्रतिशत, बचतमा २९.१ प्रतिशत र मुद्दती निक्षेपमा ५८.९ प्रतिशत हिस्सा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो।