काठमाडाैँ । सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।
मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन् । उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए ।
उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए । उनले कानूनहरूमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताए ।
उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए ।
प्रतिक्रिया दिनुहोस्