काठमाडाैँ । सरकारले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपरान्ह संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकाे सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
त्यसैगरी म्याग्नेसाईट, फोस्फोराईट, फलामलगायतका सम्भाव्य खानीहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी वातावरणीय अध्ययन कार्य अघि बढाईने पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको पनि राष्ट्रपति पौडेलले बताए । नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरी तीन वटै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरूसँग कार्य गरिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्