बुधबार झिनो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ उपसमूह बढेको छ भने १० उपसमूहको सेयरमूल्य घटेको छ ।

बुधबार पिपुल्स पावर लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३६४ रुपैयाँको कारोबार भएको छ ।

बुधबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आजको दिन नेप्सेमा यी दुई ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको नकारात्मक सर्किट लागेको छ ।

बुधबार कुल ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।