५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ ।

बैंकिङ प्रणालीमा पैसा तरलता बढेपपछि राष्ट्र बैंकले बोलकबोल मार्फत निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलन प्रयोग गरेर १४ दिनको लागि बोलकबोलमार्फत तरलता खिच्न लागेको हो ।

बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी जेठ १७ गते हुने जनाएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।