सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य प्रतितोदा १ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेर १ हजार ९१० रुपैयाँ कायम भएको छ ।