काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । पर्साको पर्सागढि(१, विरूवागुठी र सुनसरीको गढि गाँउपालिका(२, औरावनी स्थित कम्पनीले वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको हो ।
वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।
नेपाल वेयरहाउजिङ्ग कम्पनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कंपनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुने जनाइएको छ ।
कंपनीका महाप्रवन्धक समिर राज सत्यालले मकै, गँहु, र भटमासपूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित भण्डारण गरिने बताए । उनले यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिने जानकारी दिए ।
उनका अनुसार भण्डारण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी आफैँले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्