‘ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन’


काठमाडौँ । नेपाल भेटेरिनरी एसोसिएसनले बजारमा ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै पछिल्लाे समय सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखा परेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको जनाएको हो ।

केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा नसर्ने र त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न एसाेसिएसनले बताएकाे छ ।