काठमाडौँ। राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि शिर्ष ५ जनाको नाम सार्वजनिक गरेको छ ।
बैंकको सीईओ छनोट समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीलाई छनोट गरेको हो ।
उम्मेद्वाहरुको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनालाई छनोट गरेको सिईओ छनोट समितिले जनाएको छ ।
शिर्ष ५ जनाको अन्तर्वार्ता र प्रस्तुतिकरण जेठ ९ गते हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्