बैंक तथा वित्तीय संस्थाले चैतसम्म ४४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाए


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०८० ८१ को चैतसम्म ४४ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैतसम्म ४४ अर्ब ६७ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् ।

जसमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् भने विकास बैंकहरुले ३ अर्ब ६५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । फाइनान्स कम्पनीहरुले यो अवधिमा ३३ करोड २० लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । जसमा वाणिज्य बैंकहरुको ३.८९ प्रतिशत, विकास बैंकहरुको ३.६३ प्रतिशत र फाइनान्स कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ ।