काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ ।
जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यले राईड गरेको कम्पनीले जनाएको छ ।
बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । ९० भन्दा धेरै देशहरूमा लन्च भएको यो गाडी ३० हजारभन्दा धेरै युनिट बिक्रि भइसकेको कम्पनीको दाबी छ ।
राईडमा १० ओटा गाडीले सहभागीता जनाएको थियो । राइडमा कालिकोट क्षेत्रस्थित श्री सरस्वोती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण गरेको छ । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा सहयोग गरेको हो ।
राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले रारा जाने इच्छाका साथै जिम्नीको राइड परीक्षण गर्न पाउँदा एकदमै खुसी लागेको बताए ।
कार्यक्रमबारे बोल्दै सीजी मोटोकोर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ जिम्नीको मुख्य विशेषता भएको भन्दै ग्राहकहरूमार्फत नै क्षमता परीक्षण गराउन पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्