काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर सोमबार नेप्सेमा सूचीकृृत भएको हो ।
अरुण भ्याली हाइड्रोले एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
कम्पनीले १ १ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार दुई सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्