बेलायतका प्रधानमन्त्री सुनकद्वारा नेपाली समुदायलाई सम्बोधन, गोर्खा सैनिकको प्रशंसा


काठमाडौँ । बेलायतका प्रधानमन्त्री सुनकद्वारा नेपाली समुदायलाई सम्बोधन गरेका छन् ।

सोमबार साँझ पहिलोपटक प्रधानमन्त्री सुनकले नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका हुन् । नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको छ ।

नेपाल र बेलायतबिच कूटनीतिक सम्बन्ध स्थापना भएको सय वर्षको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना भएको थियो । कार्यक्रलाई प्रधानमन्त्री सुनकले सम्बोधन गरेका थिए ।

सम्बोधनका कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे।

उनले गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको आफूले सधै प्रशंसा गर्ने उल्लेख गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्दैे बेलायतले नेपालको विकासमा पु¥याएको सहयोगका लागि धन्यवाद दिए । कार्यक्रममा बेलायतकी परराष्ट्र राज्यमन्त्रीको पनि उपस्थिति थियो ।

कार्यक्रममा कार्यक्रममा कीर्तिमानी सगरमाथा आरोही हरिबुढामगर,नेपाली नायिका मनिषा कोइराला लगायत करिब एकसयको सङ्ख्यामा बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली समुदायका प्रतिनिधि, भूतपूर्व गोर्खाहरु, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति थियो ।