काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्