राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र रमण खनाल नियुक्त


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम सिइओको जिम्मेवारी तोकिएको थियो ।

बैंकले आज एक सूचना प्रकाशन गर्दै खनाललाई सिइओमा नियुक्त गरेको हो ।

यसअघि किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट अवकाश भएका थिए ।