कार्यदलको बैठक सुरू, टीओआरमा सहमति जुटाउने प्रयास जारी


कामठाडौँ। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउनका लागि गठित कार्यदलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कानुनमन्त्री पदम गिरी, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल सहभागी छन् ।

यसअघि बिहीबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।

संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।

शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअगाडि नै सहमति गर्ने नेताहरूको बताएका छन् ।